विराटनगर । ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको विरोधमा विद्यार्थीहरुले जोगबनीको सिमा नाकामा प्रर्दशन गरेका छन् ।
विराटनगरका विद्यार्थीहरुले नेपाल र भारतको सिमा नाकामा पुगेर घटनाका निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन ।
मृतक लम्सालको न्यायको माग गर्दै विद्यार्थी संगठनहरुले विराटनगरको रोडशेष चोकमा कोण सभा पनि गरेका थिए ।
विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट निस्कीएका विद्यार्थी र संगठनको र्याली रोडशेष चोकमा कोण सभा गरेको थियो ।
महेन्द्र मोरङ क्याम्पसका चार विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् ।
नेपाली विद्यार्थीलाई कुटपिट गर्ने २ सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको छ भने दुई कर्मचारीलाई कारबाही गरिएको छ । कलेजले माफी माग्दै निकालिएका विद्यार्थीलाई फिर्ता बोलाएको छ ।
कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । सो घटनाको विरोध गरेपछि कलेज शिक्षिका र सुरक्षा गार्डले दुव्र्यवहार गर्दै विद्यार्थी निकालेका थिए ।