सुनसरी । विराट गोल्डकपमा आजबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुदैछन ।
आजको पहिलो सेमिफाइनल खेलमा थ्री स्टार र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुदैछन ।
खेल सहिद रंगशालामा सांझ साढे ६ बजे सुरु हुनेछ । यसअघि हिजो सम्पन्न अन्तिम क्वाटरफाइनल खेल सम्पन्न भएसंगै गोल्डकपको नवौं संस्करणमा सेमिफाइनल समीकरण पूरा भएको थियो ।
विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडले न्युरोड टिम (एनआरटी) विरुद्ध २–० को जित निकाल्दै अन्तिम चारको यात्र तय गर्यो ।
यसअघि नै नेपाल पुलिस, त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टारले सेमिफाइनलमा स्थान बनाइसकेका थिए ।
दोस्रो सेमिफाइनलमा भोली चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।