सुनसरी । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधमा आन्दोलनरत समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 
मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर दलीय सङ्घर्ष समितिले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका हुन ।

जनसभा, आमसभा, अनसन देखी अनिश्चितकालिन बन्द सम्मका कार्यक्रम मुक्कुमलुङ संरक्षण अन्तर दलीय सङ्घर्ष समितिले सार्वजनिक गरेको छ ।  
फागुन २८ गते देखी चैत्र २५ गते सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । 

सरकारसँगको वार्ता विना निष्कर्ष टुङ्गिएपछि पुन आन्दोलनमा फर्किएको आन्दोलनरत पक्षले निरन्तर आन्दोलन गर्दै आएको छ । 
फागुन २८ गते काठमाडौँमा उपत्यका बुद्धिजीवी भेला गर्दै आन्दोलनको सुरुवात गर्ने बताएको छ । 

चैत २ गते राजनीतिक दल, प्रदेश तथा सङ्घीय सांसदहरूलाई मुक्कुमलुङ संरक्षण आन्दोलनबारे जानकारी पत्र वितरण गरिनेछ भने चैत ३ गते व्यवस्थापिका, कार्यपालिका, र न्यायपालिकालाई आन्दोलनबारे जानकारी पत्र पठाइनेछ । 

चैत ४ देखि १२ गतेसम्म संरक्षणकारी अगुवा कार्यकर्ताको भेला तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ। चैत ६ गते अन्तर–धार्मिक समन्वय भेला आयोजना गरिनेछ भने चैत ७ गते अन्तर्राष्ट्रिय निकायहरूमा आन्दोलनबारे जानकारी पत्र पठाउने मुक्कुमलुङ संरक्षण अन्तर दलीय सङ्घर्ष समितिले जनाएको छ ।
आन्दोलन अन्तर्गत चैत २ गते धरानमा मुक्कुमलुङ सम्मेलन आयोजना गर्ने जनाएको छ । 

आन्दोलनरत समूहले चैत ३ गते ताप्लेजुङको फुङलिङमा रिले अनसन सुरु गर्ने बताएको छ । चैत ४ गते साङ्केतिक रूपमा एसियन हाइवे (कोसी प्रदेश) मा एक दिने बन्दको आह्वान गरेको छ । त्यस्तै  चैत ६ गते सिंहदरबार घेराउ गर्ने जनाएको छ । 

लहान, जनकपुर, र लाल बन्दीमा जनप्रदर्शन तथा आमसभा गर्ने उल्लेख गरेको छ । चैत २४ गते पूर्वी नेपालका १४ जिल्लाहरूमा जनप्रदर्शन तथा आमसभा गरिनेछ ।  चैत २५ गतेदेखि पूर्वी नेपालका १४ जिल्लाहरूमा अनिश्चितकालीन यातायात बन्द गरिने सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । pathibhara aandolan (1)

pathibhara aandolan (2)
pathibhara aandolan (3)