विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता अनुसार जनताको पक्षमा संविधान संशोधन गरेर जानु पर्ने बताएका छन् । कोशी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी राजको स्थापना गर्नु पर्ने बताए ।
उनले भने, न्यायोचित कानुन बनाएपछि मात्रै कानुनी राज स्थापना हुन्छ । त्यसका लागि कानुनहरू सशेधान गर्नु पर्छ । । उनले कानुन न्यायपूर्ण हुनु पर्ने बताए । उनले भने, अन्यायपूर्ण कानुन त हिजो पनि थियो नि पञ्चायतमा थियो । राणा शासनमा थियो । तर जनताले न्याय पाएका थिएनन् । अव जनताको पक्षमा कानुन बनाउँदै कानुनी राज्यको स्थापना गर्नु पर्छ ।
उनले देश पछाडि नभएर अगाडि बढ्ने बताए । कुनै पनि हालतमा देश पछाडि फर्कन सक्दैन यसका लागि हामीले मदन भण्डारी लोक मार्ग बनायौ । विकास निर्माणका काम थाल्यौ । प्रदेश सभामा बोल्दै उनले अहिले केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताए ।
उनले भने, अहिले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भनेर भाष्य स्थापित गर्न खोजिएको छ तर यो सत्य होइन । केही वर्षमा कति वर्षमा सम्पन्न नभएका असाधारण काम सम्पन्न गरेको बताए । विकास निर्माणका हिसाबमा दूरगामी दृष्टिकोण प्रस्तुत गरेको दाबी गरे ।
उनले सिङै नेपाल सुशासन युक्त संवृद्ध बनाउनु पर्ने बताए । उनले सिङै नेपालीलाई सुखी बनाउनु पर्ने बताए । उनले कोशी प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी साक्षरता प्रतिशत बढी भएको बताए । उनले आफूहरू गरिबी हटाउन मात्रै नलागेर समृद्ध बनाउन लागि परेको दाबी गरे । गरिबी हटाउनु भनेको जीवन यापन गर्नु मात्रै हो । समृद्ध भनेको त्यो भन्दा धेरै माथिको कुरा हो । उनले शिक्षा स्वास्थ्य रोजगारी वातावरण र विकासको क्षेत्रमा आफ्नो सरकारले काम गरेको बताए ।
उनले भने, अवश्य छिटो केही गरौँ भन्नेमा छौ । रोजगारीका अवसर निर्माण गरौँ भन्ने हो तर त्यसका लागि उद्यमशीलतामा लाग्नु पर्छ । हरेक मान्छे काम खोज्न हिँड्यो भने के हुन्छ रु कहाँ पाइन्छ जागिर त्यसका लागि हामी उद्यमशीलताको विकासमा गर्न लागेका छौ ।