धनकुटा । धनकुटाकाे साँगुरीगढी गाउँपालिका-८ स्थित सिन्कुलामा भरुवा बन्दुक र बारुदसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
ढुंग्रेबाट सिन्कुलातर्फ माेटरसाइकलमा जाँदै गरेका दुई जनाकाे साथबाट प्रहरीले साेमबार राति ९:४५ बजे ती वस्तु फेला पारेको जनाएको छ ।
इलाका प्रहरी चाैकी भेडेटारबाट खटिएको प्रहरी टाेलीले प्र-१-०२-०४७ प १८८० नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा १ नाले भरुवा बन्दुक १ थान र बारुद फेला पारेको थियाे । मोटरसाइलमा सवार स्थानीय ३२ वर्षका तेजकुमार विक र ३८ वर्षका मनभा राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए ।