सुनसरी । इटहरी उपमहानगरपालिका रातो दोस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा सोमबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा इटहरीले मोरङको कटहरी गाउँपालिका माथि ३३ रनको जीत निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।  
   इटहरीले प्रस्तुत गरेको १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको कटहरी १८ ओभर खेल्दै १ सय २२ रनमा अलआउट भयो । कटहरीका लागि नीरज मुखियाले सर्वाधिक ३४ रन बनाए । २३ बलको सामना गरेका उनले २ छक्का र ५ चौकाको मतमा ३४ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । कृष्णकुमार शहनीले २६ रन बनाउँदा प्रेम कामतले १४ र सचिन मुर्मुले १२ रनको योगदान दिए । इटहरीका अनीश कुवरले ४ विकेट लिँदा प्रकाश कार्कीले ३ विकेट हात पारे । 
MOM
    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रनको योगफल खडा गरेको थियो । इटहरीको इनिङमा रितेष रायले सर्वाधिक ३२ रन बनाए । २८ बलको सामना उरेका उनले ६ चौकाको मदतमा ३२ रन बनाएका हुन  । गौरव कटुवालले २६ रन बनाए । २१ बलको सामना गरेका कटुवालले २ छक्का र २ चौका प्रहार गरे । सुमन गहतराज र अनीश कुवरले समान २१ तथा जोसक खड्काले १३ रन बनाए । कटहरीका प्रेम कामतले ५ विकेट लिए । खेलको म्यानअफद म्याच इटहरीका अनीश कुवर घोषित हुँदै नगद १ हजार ५ सय पुरस्कार पाए ।
     सोमबार नै सम्पन्न दोस्रो खेलमा इलामको माई नगरपालिकाले सुनसरीको राम धुनी नगरपालिकालाई ५ विकेटले पराजित गरेको छ । रामधुनीले प्रस्तुत गरेको १ सय १६ रनको विजयी लक्ष्य माई नगरपालिकाले १६ दशमलव ३ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । माई नगरपालिकाको लागि अनिल लामिछानेले ३४ रन बनाउँदा आश्विन कामतले २५ र प्रज्वल खत्रीले नकआउट २० रन बनाए । रामधुनीका अङ्कित गुरागाईँ र सेमन्तराज रेग्मीले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राम धुनी नगरपालिकाले सेमन्तराज रेग्मीको ५६ रनको मदतमा १ सय १५ रनको योगफल खडा गरे पनि जीत निकाल्न सकेन । खेलको म्यान अफद म्याच माई नगरपालिकाका प्रज्वल खत्री भए ।
     इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगितामा झापा, मोरङ, सुनसरी उदयपुर र धनकुटा जिल्लाका १८ वटा पालिकाको टिमहरूले सहभागिता जनाएका छन् । चैत ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र टफी पाउनेछ । उपविजेता टिमले नगद ५० हजार पाउने आयोजक सेभेनस्टार क्लबले जनाएको छ । प्रतियोगिताकोको सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार प्रदान गरिने र उत्कृष्ट ब्याटर र बलरलाई जनही चार चार हजार रुपैयाँ प्रदान गरिने कार्यक्रम संयोजक सिपी पौडेलले बताए ।