विराटनगर । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्ष हुन आकाङ्क्षीको लर्को लागेको छ ।  एकीकृत समाजवादी कोशी प्रदेशको पहिलो अधिवेशन हिजोबाट सुरु भएको हो । पाटी अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेको अधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्न खोजे पनि आकंक्षी धेरै भएपनि निर्वाचनमा जाने देखिएको छ ।
आज बिहान नौ बजेटबाट सुरु हुने बन्द सत्रमा आर्थिक र सांगठानिक प्रतिवेदन पेस भएपछि सर्वसम्मतको प्रयास हुने एकीकृत समाजवादीका उप महासचिव राजेन्द्र राईले बताए । उनका अनुसार  त्यो भन्दा पहिला आजै विभिन्न ८ वटा टोलीले प्रतिवेदन माथि छलफल गरी प्रतिवेदनमा राय सुझाव सहित प्रतिवेदन पास हुने छ । प्रतिवेदन पास भएपछि सहमतिको प्रयास थालिने राईले बताए । 
उनले भने हामी सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने छ । सर्वसम्मत नभए निर्वाचनबाट भए पनि नेतृत्व छान्ने तयारी छ । प्रदेशको अध्यक्ष बन्न पोलिटब्युरो सदस्य महेश रेग्मी, धर्म निरौलाले बलियो दावे दारी पेस गरेका छन् । यस्तै केशव कुमार विष्ट  र सरिता खड्का थापाले पनि अध्यक्षको दावेवारी गरेका छन् । यसै गरी धनकुटाका धर्म पौडेल पाँचथरका जिल्ला अध्यक्ष कमल जबेगु, जलेश्वर राईले पनि अध्यक्षको दाबी गरेका छन् ।
अध्यक्षको दाबी गरेका मध्ये महेश रेग्मी र धर्म निरौला सबैभन्दा सिनियर हुन् । अधिवेशनमा ६ सय भन्दा बढी प्रतिनिधि छन् । मनोनीत गर्न अझै बाँकी रहेकाले सङ्ख्या बढ्न सक्नेछ ।