सुनसरी । ‘एसियन हाइवे’ अन्र्तगत झापाको काँकडभिट्टा देखी सुनसरीको लौकही सम्म सडक निर्माण कार्य धमाधम भइरहेको छ । 

पूर्वपश्चिम मुख्य हाइवेको यो खण्डको यात्रा अहिले निकै सकसपूर्ण बन्ने गरेको छ । यो बाटो भएर यात्रा गर्दै हुनुहुन्छ भने तपाईको यात्रा केही असहज पनि बन्न सक्छ ।

धुलो र पानी परेपछि अहिले हिलाम्य यो सडक भएर यात्रा गर्दा आवशयक सजकता अपनाउनु पर्ने देखिएको छ ।  

सडकको दुई तर्फ ड्रेन निर्माण र माटो पुर्ने काम हुँदैछ । धेरै ठाउँमा सडक भत्काएर डाइभर्सन गरिएको छ । पुल निर्माण गर्न बनाइएका डाइर्सनले यात्रा निकै जोखिमपूर्ण बनेको छ ।

a 5

यो खण्डमा ५ सय भन्दा धेरै साना ठुला पुल निर्माण हुँदैछन् । जसका लागि सडकलाई डाइर्भसन गरिएको छ । जसले यात्रालाई अप्ठ्यारो बनाएकोछ  । 

त्यसमा पनि बुधबार र विहिबार पानी परेपछि झन सडक यात्रा निकै जोखिमपूर्ण बनेको छ । विशेष गरी साना सवारी साधनमा यात्रा गर्ने यात्रु तथा दुई पाङ्ग्रेमा यात्रा गर्ने यात्रुलाई अझ बढि सकस पूर्ण हुने गरेको छ । 

धुलाम्मे र बर्षामा हिलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता सृजना भएको छ । 

a 9

काँकडभिट्टा देखी लौकही सम्म ५ वटा प्याकेजमा सडक निर्माणको काम हुँदैछ । प्याकेज १ मा काँकडभिट्टादेखि सीतापुरीसम्म पर्छ । 

प्याकेज २ मा झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म पर्छ भने प्याकेज ३ गोठगाउँदेखि इटहरीको लबीपुरसम्म पर्छ। प्याकेज ४ मा कन्काई, बिरिङ, निन्दा पुल पर्छन्। प्याकेज ५ तीन सयभन्दा बढी पुल निर्माण पर्छन् । 

a 10

a 7

a 4

asain 1