सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनविरोधी शक्तिहरूलाई नसलबलाउन चेतावनी दिएका छन् ।
झापाको दमकमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी समितिका सदस्य समेत रहेका मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्र जनताले ल्याएकोले यसका विरुद्ध उभिने जो कोहीलाई जनताले बहिष्कार गर्ने बताए ।
लोकतन्त्रमा विरोध गर्न पाउने हक भए पनि विध्वंस मच्चाउने,आगजनी र हत्या जस्ता हरकत स्वीकार्य नहुने मुख्यमन्त्री कार्कीले बताए ।
उनले जान्नेलाई छान्ने नामका केही शक्तिहरू कसरी सहकारी र भ्रष्टाचारको दलदलमा फसेका छन् भन्ने कुरा स्पष्ट भएको बताए ।
एमालेले गणतन्त्रका विरुद्धका गतिविधि तिनको नियतका बारेमा आम जनतालाई बुझाउनका लागि यो सभा आयोजना गरिएको कार्कीले स्पष्ट पारे ।
प्रदेश सरकारले १० महिनाको अवधिमा गत वर्ष भन्दा २० प्रतिशत भन्दा बढी राजश्व असुल गर्न सफल भएको पनि जानकारी दिए ।।