विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर कमिटीले आगामी वैशाख ७ गते नगर सम्मेलन गर्नुभएको छ। विराटनगर महानगर कमिटीले विराटनगरमा पत्रकार सम्मेलन गर्दै नगर सम्मेलन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने जनाएको छ। भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने अभियान अभियान अन्तर्गत यो सम्मेलनलाई लिएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डलले जानकारी दिए।
प्रचण्ड नेतृत्वको सरकार रातारात बिचौलियाहरूको सेटिङमा ढालिए आरोप लगाएको माओवादीले विकृति स्वरूप भ्रष्टाचार मौलाउनुका साथै दस बर्षे महान् जनयुद्ध, जनआन्दोलनको जगमा प्राप्त उपलब्धि समानुपातिक समावेशी प्रतिनिधित्व सहितको "सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल" को संविधान विरोधी गतिविधिहरू यदाकदा पूर्व मण्डलेहरूले गरेको हामीले देखिरहेका बताएको छ । विराटनगर आयल निगम दक्षिणमा रहेको शुभ ब्यान्केटमा हुने नगर सम्मेलनमा ३५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक, २५ जना स्वयंसेवक रहने नगर कमिटीका अध्यक्ष नवीन पौडेलले जानकारी दिए । सम्मेलनको बन्द सत्र वैशाख ८ गते हुने उनले जानकारी दिए । सम्मेलनले ९९ सदस्य महानगर समितिको चयन गर्ने नेकपा माओवादी केन्द्र विराटनगर नगर कमिटीका सचिव नमिता न्यौपानेले जानकारी दिइन् ।