विराटनगर । धरान उप महनगरका नगर प्रमुख हर्क साम्पाङले सामुदायिक वन क्षेत्रमा रुख काटेको भन्दै डिभिजन बन कार्यालय सुनसरीले छानबिन सुरु गरेको छ । फायर लेन बनाउने भन्दै मेयर साम्पाङले धरान २० बिष्णुपादुका सामुदायिक बनको जङ्गलमा रुख काटेका थिए । मेसिन प्रयोग गरेर आफैले अनुमति विना रुख काटेपछि डिभिजन बन कार्यालय सुनसरीले छानबिन थालेको हो ।
साम्पाण््गले चैत्र १९ गते मेसिन प्रयोग गरेर रुख काटेको उजुरी डिभिजन बन कार्यालय सुनसरीमा परेको छ । विना अनुमति रुख काटेको उजुरी परेपछि डिभिजन वन कार्यालय सुनसरीले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिमा बिष्णुपादुका सब डिभिजन वन अधिकृत महेश कुमार शाह संयोजक छन् । यस्तै पञ्चकन्या सब डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे छानबिन समितिका सदस्य रहेको डिभिजन कार्यालय सुनसरीका प्रमुख खुद्रोस मियाँले बताए ।
उनले छानबिन समितिले स्थलगत जाँचबुझ गरी तयार गरेको प्रतिवेदन अनुसार सजायको व्यवस्था हुने बताए । उनले भने रुख काटे नकाटेको के हो रु यसबारेमा स्थलगत छानबिन हुन्छ ।’ छानबिन समितिको प्रतिवेदनको आधारमा वन ऐन अनुसार सजाय हुन्छ ।
प्रमुख मियाँले‘वन क्षेत्र भित्र इजाजत विना रुख काट्ने छुट कसैलाई नभएको बताए ।
बिष्णुपादुका सामुदायिक बन उपभोक्ता समितिले धरान नगरपालिकाका प्रमुख साम्पाङले फायर लेन बनाउनका लागि सामुदायिक वनका रुख काटेको बताएको छ