विराटनगर । ताप्लेजुंगमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लागेको हो । बिजुलीको तारबाट लत्रिएको तारबाट बोलेरो जिपमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ । घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् ।

पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भिम दाहालले मृतकहरु  फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेको  जानकारी दिए।