सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परिक्षा सार्न निर्देशन दिएपछि परिक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ ।
बिहिबार देखी सञ्चालन हुने परिक्षा अन्तिम समयमा आएर प्रधानमन्त्रीले स्थगित गर्न र पछि सार्न निर्देशन दिएका थिए ।
स्थगित गरिएको परिक्षा वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक परिक्षा बोर्डले जनाएको छ । बोर्डको बैठक बसेर परीक्षाको तालिका तय गर्ने निर्णय भएको छ ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित गरिएको हो ।।