सुनसरी । कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ।
बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो।
देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट देवानगञ्ज तर्फ जाँदै गरेको BR 38A D4133 भारतिय प्लेट भएको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ५०० ग्राम लागु औषध गाँजा लुकाई छिपाई ल्याई रहेको अवस्थामा मोटरसाइकल सहित सवार ३ जना भारतीय नागरिक पक्राउ परेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य स्थित अररिया जिल्ला पत्राहा वडा नं. १५ घुर्णा बजार बस्ने अन्दाजी वर्ष २६ को मोहम्मद जावेद सोही ठाउँ बस्ने अन्दाजी वर्ष ३० को मोहम्मद जमशेर र अन्दाजी वर्ष २५ को मोहम्मद आलविन रहेका छन्।