सुनसरी– प्रहरीले धरानबाट ३ सय किलो गांजा लोड गरिएको स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा लागुऔषध ओसारपसार भइरहेको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ स्थित जिरोपोइन्टबाट गाडी नियन्त्रणमा लिएको हो ।

गयराति चिण्डेडाँडा हुँदै कृषिबजारतर्फ गइरहेको खैरो रङको को. १ च. ७३३५ नम्बरको स्कार्पियो गाडी बेबारिसे अवस्थामा चालक विना भेटिएको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा गाडीको पछाडिको सिटमा कालो प्लास्टिकमा प्याक गरिएका १० वटा पोकाहरू फेला परेका थिए ।

ती पोकामा ३०० केजी  लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

फरार गाडी चालकको पहिचान तथा खोजी कार्य जारी रहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।