सुनसरी । दुई नाबालिकालाई बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 संखुवासभाको चिचिला गाउँपालिका-२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका ३ का २८ वर्षीय प्रकाश राई पक्राउ परेको डिएसपी दक्षकुमार बस्नेतले बताए। खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर उनीहरुले बलात्कार गरेको आरोप छ ।

उनीहरु जेठ ७ मा खाँदबारी बजार घुम्न आएका थिए।१६ र १७ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको उजुरी पछि पक्राउ परेको  प्रहरीका निरिक्षक अभिषेककुमार श्रेष्ठले बताए ।

 पीडित बालिकाको तर्फबाट जाहेरी पछि प्रहरीले आइतबार पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ ।