सुनसरी– पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ३ फुलचोकमा भएको सवारी  दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन ।

प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले तीन जना सवार प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउसो भएको उक्त दुर्घटनामा इनरूवा नगरपालिका १० जाल्पापुरका २० वर्षीय सर्फराज अन्सारी र हरिनगर गाउँपालिकम १ का महजित अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ । 

 उनीहरु दुबै जनाको सप्तकोशी न्युरो अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा इनरुवा १० जाल्पापुरका साहेब अन्सारी घाइते भएका छन  ।

घाइते २१ वर्षीय अन्सारीको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

ट्याक्टर चालक भोक्राहा नरसिंह –३ बस्ने ४६ वर्षको सुब्दीराम चमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको  खतिवडाले जानकारी दिए ।