सुनसरी । धनकुटामा जारी पाँचौँ संस्करणको सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगिताको उपाधि चौबिसे गाउँपालिकाले हात पारेको छ ।
सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा धनकुटाको तल्लो टुँडिखेलमा जारी प्रतियोगितामा पाख्रीवास र चौबिसे फाइनलमा भेट भएका थिए।
फाइनलमा चौबिसे गाउँपालिकाले ०–२ गोल अन्तरले विजेता बनेको हो। चौबिसेका भूमिका मगर र सुशीला मगरले समान १/१ गोल गर्दै टिमलाई जीत दिलाउन सफल भए ।
जीतसँगै चौबिसे गाउँपालिकाले ६० हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ । उपविजेता पाख्रिबास नगरपालिकाले नगर ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा विधागततर्फ वेस्ट फरवार्डमा चौबिसेकी भूमिका मगर, वेस्ट मिड फिल्डरमा पाख्रिबासकी किम गुरुङ, वेस्ट डिफेन्समा चौबिसेकी समीक्षा घिमिरे, वेस्ट कोचमा चौबिसेका रुपनलाल चेम्जोङ र वेस्ट किपरमा पाख्बिासकी भावना मगर घोषित भए । उनीहरूले समान २/२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेताहरूलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठ अकेला, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले पुरस्कार वितरण गरे।
प्रतियोगितामा धनकुटाका ५ वटा पालिकाको सहभागिता रहेको थियो ।