सुनसरी । झापाको कमल गाउँपालिकामा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ ।
रतुवामाई बृक्षारोपण आयोजनाको जंगल भित्रको काठको पोलबाट हाईटेन्सन लाइनमा करेन्ट लागेर जंगली हात्तीको मृत्यु भएको हो । मक्किएको काठको पोल ढलेर नजिकको फलामको पोलमा छोएपछि करेन्ट सरेर हात्तीको मृत्यु भएको स्थानियको भनाई छ । करेन्ट लागेर हात्तीको सुड र एक दाँत जलेको अवस्थामा भेटिएको छ ।
विद्युत प्राधिकरणले करिब ३–४ महिनाअघि काठको पोलको एक मिटर नजिक फलामे पोल गाडेको थियो ।
मक्किएको काठको पोल नेपाल विद्युत प्राधिकरणले परिवर्तन नगर्दा दुर्घटना भएको शिवसताक्षी नगरपालिका–८ का वडाध्यक्ष सन्तकुमार फेउदिनले बताएका छन् ।