सुनसरी । सुनसरी प्रहरीले हरिनगर गाउँपालिका वडा नम्बर ५ र ६ को सिमाना स्थित कटान खोलाको बगरबाट ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।
प्रहरीले खोलाको बगरमा बालुवाले पुरेर लुकाई राखेको १ हजार १ सय २० किलो गाँजा मङ्गलवार राती बरामद गरेको हो ।
लागू औषध गाँजा लुकाइ छिपाइ राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त स्थानमा खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडिरहेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरेको हो ।
बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
घटनाको सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।