सुनसरी । बिपदजन्य घटनाको पूर्व अभ्यास गर्नेक्रममा सप्तकोसी नदीस्थित कोसी ब्यारेजमा दुई जना गोताखोर बेपत्ता भएका छन् । बिहीबार दिउसो कोसी ब्यारेजको सप्तरी क्षेत्रमा पूर्व अभ्यास गर्नेक्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका हुन । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रवार मनसुनको समयमा हुनसक्ने बिपदजन्य घटनाको पूर्व अभ्यास कार्यक्रम राखिएको थियो ।
सोही कार्यक्रमको तयारीको लागि अभ्यास गर्नेक्रममा गोताखोर बेपत्ता भएको बताइएको छ । यद्यपि सप्तरी प्रशासनले यसबारे केही बताएको छैन