सुनसरी । विपद् प्रतिकार अभ्यास गर्ने क्रममा सप्तकोशी नदिमा बेपत्ता भएका दुई शसस्त्र प्रहरीको खोजी कार्य जारी छ । पछिल्लो दुई घण्टा देखी खोजी कार्य जारी छ । गोताखोरहरु भुमरीमा परेको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उनीहरूलाई खोज्न थप दुई जना गोताखोरसहित सुरक्षाकर्मीहरूको टोली परिचालित गरिएको छ ।
बेपता भएका गोताखोरको खोजीको क्रममा एक जना पुरुषको शव समेत बरामद भएको छ । खोजी गर्ने क्रममा अर्कै एक पुरुषको शव भेटिएको हो । शवको सनाखत भने हुन सकेको छैन ।
विपद् प्रतिकार अभ्यास गर्ने क्रममा आज(विहिबार) दिउँसो करिब ३ बजे सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको ढोका नम्बर ५५÷५६ आसपासमा तालिमका लागि नदीमा पसेका थिए । अभ्यासकै क्रममा अचानक कोशीको भुमरीमा परी उनीहरू बेपत्ता भएको प्रहरीको अनुमान रहेको छ ।
आज अभ्यास गरिएको विपत् प्रतिकार अभ्यासको प्रर्दशन भने शनिबार गर्ने तय भएको प्रहरीको भनाई छ ।