सुनसरी । झापामा एक पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । 

अर्जुनधारा नगरपालिका–११ को नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको हो ।

 पौडी खेल्ने क्रममा १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । 

मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका थिए । 

पोखरीमा डुबेको देखेपछि स्थानियले उद्धार गरी उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटल पु¥याएका थिए । हस्पिटलका चिकित्सकहरूले दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । हाल दुवै बालकको शव हस्पिटलमै रहेको छ ।