सुनसरी । सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला परेको छ । शसस्त्र प्रहरी बलका जवान साउदको शव फेला परेको हो । 

उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकै फेला परेको सुनसरीका शसस्त्र प्रहरीका एसपी निर्मल थापाले जानकारी दिए । 

कुरिनटारबाट आएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले शव फेला पारेको हो ।

गत जेष्ठ २२ गते पूर्वअभ्यासका क्रममा दुई गोताखोर सप्तकोशीमा बेपत्ता भएका थिए । बेपत्ता भएका अर्का गोताखोर हरदेव सिंह राजवंशीको शव २३ गते फेला परेको थियो ।