सुनसरी । अत्यधिक गर्मी बढेको भन्दै इटहरी उपमहानगरपालिकाले विद्यालयमा विदा दिएको छ ।

इटहरी क्षेत्र भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा गर्मी विदा दिएको हो । 

अत्यधिक गर्मी बढ्न गई विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन तथा विद्यार्थीहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै इटहरी उपमहानगरपालिकाले विदा दिने निर्णय गरेको हो । 

उपमहानगरले सार्वजनिक गरेको सुचना अनुसार भोली जेष्ट २८ गते एक दिनका लागि गर्मी विदा दिएको हो । बर्षे विदाबाट कट्टा हुने गरी गर्मी विदा दिइएको सुचनामा उल्लेख गरिएको छ ।