सनुसरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अवरुद्ध संसद आज देखी खुल्ने बताएका छन् ।

सुनसरीको इटहरीमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ (क)ले आयोजना गरेको संगठन संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले संसद खुलाउन प्रमुख दलहरु बीच सहमति भइसकेको बताएका हुन् ।

केही दिन देखि अवरुद्ध हुँदै आएको संसद आजबाट खुल्ने उनले बताए ।  महामन्त्री थापाले भने, “केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ” । 

उनले संसद किन खुल्यो भन्ने बारेमा भिडियो सन्देश मार्फत जानकारी दिने पनि बताएका छन् । 

महामन्त्री थापा नेपाल तामाङ घेदुङको कोसी प्रदेश अधिवेशनमा सहभागी हुन इटहरी आएका हुन ।