विराटनगर । मेची राजमार्ग   पाँचथर स्थित  हेवा खोलामा बेलिब्रिज भाँचिएर घाइते भएका ३ जनाको मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिका वडा नं ४ र हिलिहाङ गाउँपालिका वडा नं ७ लाई जोड्ने मेची राजमार्ग अन्तर्गत निर्माणाधीन हेवाखोला बेलिब्रिज अचानक भाँचिँदा गम्भीर घाइते भएका तीन मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। 
गत असोज  १० गते बेलिबृज बगाएको थियो  सोही स्थानमा हाललाई बेलिबृज  नै पुनः निर्माण  गर्ने काम अन्तिम चरणमा हुँदै गर्दा  शनिवार दिउँसो पुल भाँचिएको थियो । मृत्यु हुनेहरूमा मध्ये बारा जिल्ला   सिमरा उपमहानगर  पालिका – १२ बस्ने  वर्ष २२ को रूपलाल चौधरी, वर्ष २७ को राजन  चौधरी, वर्ष २२को राकेश  चौधरीको विराटनगर  स्थित  नोबेल  हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।