विराटनगर । कोसी प्रदेश सरकारले उद्योग सहकारी तथा कृषि क्षेत्रकोलागि २ अर्ब १८ करोड विनियोजन गरेको छ।
कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकास, प्रवर्द्धन गर्नको लागि भन्दै उनले सो बजेट व्यवस्था गरिएको बताए ।
पर्यटन वन तथा वातावरण क्षेत्रको लागि २ अर्ब ९७ करोड ६६ लाख बजेट विनियोजन गरेको छ ।
पर्यटन क्षेत्रको विकासको मूल नारा दिईउको उक्त बजेटमा २९ वटा पालिकालाई छुने गरी चियाबारी, फाल्गुनन्द, चियाबारी र मुन्धुमको पदयात्राको विकासकालागि समेत बजेट व्यवस्था गरेको छ।
अगामी आर्थिक वर्षको लागि छुट्ट्याएको बजेटमा पदमार्ग कोलागि ५ करोड बजेट छुट्याएको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताए ।

















