विराटनगर– उद्योग संगठन मोरङको आयोजनामा, इन्स्योर परियोजनाको प्राविधिक सहयोग र राष्ट्रिय ऊर्जा दक्षता केन्द्रको सहकार्यमा ‘कार्बन फुटप्रिन्ट असेसमेन्ट’ सम्बन्धी सातदिने तालिम सम्पन्न भएको छ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगका प्राविधिक सहभागी तालिममा कार्बन उत्सर्जनको पहिचान, मापन, विश्लेषण र न्यूनीकरणका व्यवहारिक सीप सिकाइएको थियो। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले तालिमले ऊर्जा र कच्चा पदार्थको खपतमा सुधार ल्याउन र कार्बन उत्सर्जन घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले प्रविधिको विकाससँगै चुनौतीहरू थपिदै जाने भएकाले प्राविधिक जनशक्तिको क्षमताविकासका लागि यस्ता तालिम निरन्तर सञ्चालन संचालन गरिने बताए।
संगठनका अनुसार तालिममा ऊर्जा उपयोग, दिगो उत्पादन, वातावरणमैत्री औद्योगिक अभ्यास, राष्ट्रिय–अन्तर्राष्ट्रिय मापदण्डको पालना, नयाँ बजार पहुँच र व्यवसायिक सामाजिक उत्तरदायित्वका विषय समेटिएका थिए।