सुनसरी । सुनसरी प्रहरीले लागुऔषध गांजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशाने डाँडाबाट ५५ किलो लागू औषध गाँजासहित एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका वडा नं. २ का ५४ वर्षीय तेजबहादुर राई रहेका छन् ।

आज दिउँसो विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा ३ ख १८९७ नम्बरको यात्रुबाहक बसलाई चेकजाँचको क्रममा दुई वटा बोरामा केरा र तितेपातीको पातले छोपेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।

यसबारे थप अनुसन्धान भैरहेको छ ।