सुनसरी । झापामा जङ्गली हात्तीको आक्रमणमा परि एक जना मानिसको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड वडा नं 7 फत्तालुङका 59 बर्षिया लोक प्रसाद लिम्बू रहेका छन् ।
उनी आज बिहान पौने चार बजे उठेर शौचालय जाने क्रममा आफ्नै आँगनमा हात्तीको आक्रमणमा परेका थिए ।
विचरणको क्रममा आएको एक्ले जङ्गली हात्तीले लिम्बुलाई कुल्चेर मारी दक्षिणतर्फ गएको स्थानीयले फोन मार्फत प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले मुचुल्का तयार गरी पाेष्टमार्टकाे लागि भद्रपुर प्रादेशिक अस्पताल भद्रपुर पठाएको जल्ला प्रहरी कार्यालयले जानकारी दिइएको छ ।