सुनसरी । नेपाली सेनाको पूर्बी पृतना हेडक्वाटर इटहरीमा ‘पृतनापति ट्रफी– २०८२’ सुरु भएको छ ।

शुक्रबारदेखी सुरु भएको प्रतियोगिताको पूर्बी पृतनाका पृतनापति उपरथी गौरब कुमार केसीले उद्घघाटन गरेका हुन् ।

आगामी असार ३० गतेसम्म सञ्चालन हुने पृतनापति ट्रफीमा फुटबल, भलिबल, बास्केट बल, स्वीमिङ, बक्सिङ, जुडो र एथलेटिक्स गरी ८ वटा बिधाका खेल समावेश छन ।

बिभिन्न ८ बिधाका खेलहरुमा पूर्बी पृतना हेडक्वाटर अन्तर्गतका ३ वटा बाहिनीका १२ वटा गण तथा गुल्महरुको सहभागिता रहेको छ ।

ती गण तथा गुल्महरुबाट ४ सय ८६ खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन ।

जसमा १ सय २० जना महिला र ३ सय ६६ जना पुरुष खेलाडीहरुको सहभागिता रहेको भगवती दल गणका गणपति प्रमुख सेनानी राजन भुजुले जानकारी दिए ।

१० दिनसम्म चल्ने प्रतियोगिताका उत्कृष्ट टिम तथा खेलाडीहरुले प्रधान सेनापति टफीमा प्रतिष्पर्धा गर्न पाउने छन ।

प्रधान सेनापति टफी आगामी भदौ ११ देखी २९ गतेसम्म काठमाण्डौमा आयोजना हुने नेपाली सेनाले जनाएको छ ।