विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बिषयमा आफूलाई जोडेर आएका समाचार वाहियात र घटिया राजनीति भएको बताएका छन् ।
झापाको दमकमा मदन डाँगी तारावारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मान्छे लगेर छाडेर आयो भन्ने जस्ता फोहोरी कुरा र झुटा आरोप लगाएको बताए । उनले भने, म स्पेन गएको थिए ।
त्यहाँ हाम्रो भूमिका असाध्यै राम्रो भयो त्यो भूमिका सहन नसकेर अपोजिसन पाटी र केही अराजकतावादी पाटीहरूले मान्छे छाडेर आयो भन्ने जस्ता वाहियात कुरा गरे । ’
उनले योजनाबद्ध ढङ्गले यति घटिया प्रचार भएको समेत बताए । उनले भने, ‘त्यो हुन सक्ने कुरा हो ? प्रमाणित गर्न सकिने कुरा हो ? प्रमाण भनेर कराएका छन् । ’
उनले यस्तो प्रचार घटिया राजनीति भएको बताए । प्रधानमन्त्री ओलीले त्यस्ता कुराहरूको जवाफ दिन पनि आवश्यक नठानेको बताए । उनले भने म तिनीहरूलाई सप्रिन मात्रै भन्न चाहन्छु ।
उनले झुटमा आधारित भएर यति घटिया राजनीति गर्न नहुने बताए । प्रधानमन्त्री ओलीले भने, ‘ जहिले पनि झुट बोलेको छ झुट बालेको छ झुट बोलेको छ । यस्ता कुरा कति दिन टिक्छ ? यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन चाहन्छु । 

प्रधानमन्त्री ओलीले देशमा विकास तीव्र रूपमा भइरहेको बताए । उनले रिभर कोरिडोर बनेका हुलाकी मार्गको लगभग काम सकिन लागेको बताए । उनले हुम्लाको सिमिकोट सम्म गाडी पुगेको भन्दै गरिब जनताको समस्याहरू समाधान भई रहको बताए ।

उनले भने, कतै सडक बनिरहेका छन् कतै अस्पतालहरू बनिरहेका छन् । गरिबका लागि धनीपूर्जा वितरण पनि भएको छ । देश विकासको बाटोमा लागेको छ ।