इटहरी । फेसियल हाउसले आफ्नो १०औं शाखा इटहरीमा विस्तार गरेको छ । 

इटहरीको सेन्ट्रल प्लाजामा खोलिएको फेसियल हाउसको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले रिबन काटेर उद्घाटन गरिन् । 

युनिसेक्स पार्लर सेवा प्रदान गर्दै आएको फेसियल हाउसले कपाल तथा छालासम्बन्धी विभिन्न सौन्दर्य सेवा—जस्तै हेयर कलर, स्ट्रेट, कर्ली, हेयर ट्रिटमेन्ट, मेडीकेयर, जेल नेल, माइक्रोब्लेडिङ, पिम्पल र चायापोताको उपचार—प्रदान गर्ने संस्थाकी प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् ।  

संस्थाले दीर्घकालीन व्यवसायिक स्थायित्वमा ध्यान दिँदै इटहरीमा शाखा स्थापना गरेको महराले  बताइन् । 

उनका अनुसार, विभिन्न शाखाहरूका लागि सामूहिक रूपमा कस्मेटिक सामग्री खरिद गरिने भएकोले थोरै मुल्यमा सामान उपलब्ध गराउने गरिएको र सेवासमेत सस्तो रहेको जानकारी दिइन् । 

राजधानीमा व्यवसाय गर्दा मात्र बढी आम्दानी हुन्छ भन्ने मानसिकतालाई तोड्दै पूर्वका शहरमा पनि सेवा विस्तार गरिएको उनले बताइन् । 

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख संगिता कुमारी चौधरी, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, व्यवसायी गायत्री भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।