इटहरी । दलिय भागबण्डाका कारण इटहरीको विकास प्रभावित भएको र जनतामाथी धोका दिने काम भएको भन्दै संयुक्त पहिचानवादी मोर्चाले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नेपाली काँग्रेसको नेतृत्व र नेकपा एमालेको दुई तिहाई बहुमत हुँदा पनि दुई दलको आपसी भागबण्डा नमिल्दा आर्थिक बर्ष २०८२।०८३ को बजेट पारित नभएको प्रति मोर्चाले खेद व्यक्त गरेको छ । नेपाली काँग्रेस र नेकपा एमालेको भागबण्डा नमिलेकै कारण यो परिस्थित सृजना भएको मोर्चाले ठहर गरेको छ ।
१६ औँ नगर सभा स्थानीय तहको कार्य सम्पादन मुल्याङकन बेरुजु रकम र आर्थिक बर्ष २०८०।०८१ मा सञ्चालित आयोजनाको २०८१।०८२ मा पनि भुक्तानी गर्न असफल रहनु लज्जास्पद भएको मोर्चाले भनेको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै संयुक्त पहिचानवादी मोर्चाले इटहरी उपमहानगरपालिका विरुद्ध चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छ । यसबाट उत्पन्न परिस्थितीको जिम्मा स्वयंम इटहरी नगर सरकार हुनुपर्ने विज्ञप्तीमा भनिएको छ । मोर्चाका संयोजक राजेन्द्र दाहाल र सदस्य सचिव झहरमान थेवेको संयुक्त हस्ताक्ष्यरमा विज्ञप्ती जारी गरेको छ ।
विगतका गतिविधि सच्याउँदै आ.ब.२०८२।०८३ को बजेट अविलम्ब पारित गरी इटहरीका जनतालाई विकासको प्रत्याभुती गराउन मोर्चाले माग गरेको छ ।