विराटनगर । कृष्णा जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।
सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
यो रथ यात्रा एसिया महादेशकै सबैभन्दा ठुलो जगन्नाथ पुरी पछिको दोस्रो ठुलो रथयात्राको रूपमा रहेको छ ।
विक्रम संवत् १९८८ सालदेखि सुरु खट यात्राको ९४ औँ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको राधाकृष्ण मन्दिर कार्य समिति अध्यक्ष कैलाश रेग्मीले बताउनु भयो ।
साउन एक गते निकालिने रथयात्राको उचाई २१ फिट तीन इन्च, चौडाइ १४ फिट, लम्बाई १९ फिट र जुवाको भाग ८ फिट रहेको छ ।
पाँच लाख भक्तजनहरू उपस्थित हुने अनुमान गरिएको राधाकृष्ण रथयात्रामा कोसी प्रदेश, मधेस प्रदेश र भारतका विभिन्न प्रान्तका धर्म अनुरागीहरूको सहभागिता रहने अनुमान गरिएको छ ।