सुनसरी । नेपाल लोकतान्त्रिक खेलकुद संघ सुनसरीको अध्यक्षमा गोपाल राई सर्वसम्मत निर्वाचित भएका छन् ।
बुधवार देखी सुरु भएको प्रथम जिल्ला अधिवेशन राईलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ ।
इटहरीमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा धरानका देवेन्द्र खड्का, राम धुनीका चन्द्र बहादुर बस्नेत कुमार र इटहरीका सञ्जय चौधरी चयन भएका छन् । सचिवमा सञ्जय मेहेता र बिसन राई चयन भएका छन् ।
सदस्यहरूमा अरुण चौधरी, खगेन्द्र राई, नकुल राई राई, रामजी बस्नेत, ध्रुव रेग्मी, शिवनारायण यादव, भीम लिम्बु, गोविन्द श्रेष्ठ, अमित चौधरी, अर्जुन बुढाथोकी, विनोद राय, सरस्वती मेहेता, किसुनदेब मेहेता र विकास प्रधान चयन भएका छन् ।
कोषाध्यक्ष सहित अन्य चार सदस्य कार्यसमितिबाट पछि चयन गरिने जनाइएको छ ।
अधिवेशनले प्रदेश र संघ अन्तर्गतका निर्वाचन क्षेत्रमा पनि समिति चयन गरेको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ नेपाली काँग्रेसको भातृ संस्थाकोरुपमा मान्यता पाएको संस्था हो ।