सुनसरी । कोसी प्रदेश सभामा प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ माथि बिहीबार देखी छलफल सुरु भएको छ । 
प्रदेश सभाको बिहीबारको बैठकमा एक जनाले मात्र छलफलमा भाग लिएका छन् ।
छलफलमा बोल्दै प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले सुख्खा ग्रस्त क्षेत्रमा खानेपानी अभाव हुने भएकोले पानीको मुहान संरक्षण गर्न सरकारसँग माग गर्नुभयो ।
पानी नागरिकको मौलिक हक र अधिकार भएको भन्दै प्रदेश सभा सदस्य दुलालले नागरिकले निर्बाध रूपमा पानी पाउनुपर्ने बताउनु भयो ।
खानेपानी प्राप्त गर्न नसकेका क्षेत्रलाई सरकारले सुख्खा ग्रस्त क्षेत्र पहिचान गरी खानेपानी उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
खानेपानी अभावका कारण बसाइँ सराइ बढेको भन्दै दुलालले खानेपानीको व्यवस्था गर्न सके बसाइँ सराई रोक्न सहयोग पुग्ने तर्क गर्नुभयो ।
विधेयक माथिको छलफल शुक्रवार पनि हुनेछ ।