विराटनगर । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टी भित्रको  आन्तरिक प्रतिस्पर्धा र इगोका कारण काँग्रेस निर्वाचनमा पराजित भइरहेको बताएका छन् ।

विराटनगरमा भएको कार्यक्रममा बोल्दै पाटीको चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति काङ्ग्रेस भित्र बढेको बताएका छन् ।

उनले स्थानीय, प्रदेश र सङ्घको चुनावमा काँग्रेसलाई हराउन काँग्रेस नै लाग्ने गरेको बताए  । उनले भने, काँग्रेसले काँग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा काँग्रेसले हार्दैन । उनले आफू पार्टीको कामले धेरैजसो म जिल्लाहरुम रहेको र त्यहाँ पुग्दा जता पनि काँग्रेस मात्रै देख्ने गरेको बताए ।

उनले भने ‘तर मलाई अचम्म लाग्छ, सङ्गठन र क्रियाशील सदस्यका हिसाबले बलियो भएको वडादेखि संसदीय निर्वाचन क्षेत्रमै काँग्रेस हारिरहेको हुन्छ । यो सबै काँग्रेसले काँग्रेसलाई भोट नदिएकै कारणले हो ।’

नेता कोइरालाले अन्य पार्टीहरूसितको प्रतिस्पर्धामा काँग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिए ।उनले कोइरालाले भने, ‘यसले काँग्रेसलाई नै घाटा भइरहेको छ । अहिले अरू पार्टीले जितेका स्थानीय, प्रदेश र सङ्घमा काँग्रेस भएको भए त्यहाँ काँग्रेसलाई नै फाइदा हुन्थ्यो ।’समस्या लिएर जाँदा उसले कुरा सुन्थ्यो । अरू पार्टीले जितेको कतिपय ठाउँमा म आफूले नै ह्युमिसेसन महसुस गरेको छु ।’

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझाव समेत दिए । उनले अरू पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउने र देशमा देखिएका समस्याबारे छलफल गर्न सुझाव दिएको समेत बताए ।

‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ ।

उनले पाटी सभापतिले सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गरेको बताए  ।