संखुवासभा । अज्ञात समुहले संखुवासभाको खाँदवारीमा रहेको त्रिरल बुद्ध विहार तोडफोड गरेका छन्।
आइतबार विहान विदारको गेटको रड काटेर ढोका फोडेर विहार भित्र तोडफोड गरेको खाँदवारी शाक्य समाजले जनाएको छ।
 तोडफोड पछी दानपेटिकामा रहेको रकम लगेको प्रहरीले जनाएको छ।
 आइतबार विहान नियमित पुजाआजा र भजन गर्न पुगेका उपासक, उपाशिकाले विहारको ढोका फुटेको देखेपछी प्रहरीलाई खवर गरेका थिए।
ती समुहले विहार भित्र रहेको बुद्धको मुर्ति भने केही गरेका छैनन
घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ।