सुनसरी । बहुविवाह गर्न पाउने कानुनको मस्यौदाप्रति मोरङका मानव अधिकारकर्मीहरुले विरोध जनाएका छन् ।
सरकारले बहुविवाहको अनुमति दिने कानुनको मस्यौदा तयार गरेपछि चौतर्फी आलोचना सुरु भएको छ ।
सरकारले हालै विशेष परिस्थितिमा बहुविवाह गर्न दिने गरी कानुनी मस्यौदा तयार गरेको समाचार बाहिरिपछि मानवअधिकारकर्मीहरुले सोमबार विराटनगरको ट्राफिक चौकमा भेला भएर विरोध जनाएका हुन् ।
विधेयकको मस्यौदामा विवाहित पुरुषलाई दोस्रो विवाह गर्न अनुमति दिने लगायत व्यवस्था राखिएको छ ।
सरकारले लैङ्गिक असमानता र महिला हिंसालाई प्रोत्साहन दिने गरी कानुन निर्माण गर्न लागेको भन्दै मानवअधिकारकर्मीहरुले विरोध गरेका हुन् । उनीहरुले कसका लागि यो कानुन ल्याइदैछ भनी प्रश्न गरेका छन् ? बहुविवाह गर्न पाउने कानुन आए महिला हिंसा अझै बढेर जाने र पुरुषहरू छाडा हुँने भन्दै उक्त मस्यौदा खारेज गर्न आग्रह गरेका छन् ।
बहुविवाहलाई छुट दिने गरी सरकार किन कानुन बनाउन चाहन्छ भनी प्रति प्रश्न गरेका छन् ।