विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । क्रिकेटर राजवंशीकी आमा ६३ वर्षीय शुभो राजवंशीको आज(आइतबार) निधन भएको छ ।
राजवंशीकी आमा लामो समय देखी मुटुसम्बन्धी रागेबाट पिडित थिइन् ।
विराटनगर महानगरपालिका–१४ स्थित घरमा अहिले परिवार, आफन्त र छिमेकी भेला भएका छन् । उनको आजै अन्तिम संस्कार गर्ने तयारी भइरहेको परिवारले जनाएको छ ।
शुभो राजवंशीका तीन छोरा र एक छोरी छन् । जसमा ललित कान्छा छोरा हुन् ।