सुनसरी–पूर्वपश्चिम राजमार्ग स्थित सुनसरीको भोक्राहनरसिंह गाउँपालिका ३ मा भएको सवारी दुर्घटनामा  चार जनाको मृत्यु भएको छ ।
आज बिहान भएको दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये  ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छन् ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ३ जलुवा टोल स्थित पूर्व पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङ दिक्तेल तर्फ जाँदै गरेको मे  १ ख १७९९ नम्बरको बस र विपरीत दिशा तर्फबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङगर माइक्रो एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा विङगरमा सवार एक महिला सहित ३ जनाको मृत्यु भएको हो ।
घाइते तथा मृतक पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
घाइतेहरूलाई उपचारको लागी सुनसरी र मोरङको विभिन्न अस्पतालमा पठाइएको खतिवडाले जानकारी दिए ।
बस चालक झापा अर्जुनधारा नगरपालिका १ बस्ने वर्ष ३६ को गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।