विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मारवाडी युवा मञ्च, विराटनगरले मंगलबार १२ घण्टामा १२ सामाजिक एवं धार्मिक कार्यक्रम गर्ने भएको छ। मञ्चले मंगलवार बिहान ७ बजेबाट बेलुकी ७ बजेसम्म विभिन्न स्थानमा सामाजिक सेवा, स्वास्थ्य, वातावरणीय र सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ।
कार्यक्रमको सुरुवात बिहान ७ देखि ८ बजे टी टाइम विथ मोर्निङ वाक ग्रुप बाट हुनेछ, जसको स्थान सीडीओ कार्यालय अगाडि तोकिएको छ। त्यसपछि बिहान ८–९ बजे ब्रेकफास्ट विथ आमाको माया छात्रावास (परिवार नियोजन पछाडि) र ९–१० बजे आमाको सेवा मा चिया–कुकिज वितरण (प्रसूति विभाग, कोशी अञ्चल अस्पताल) हुनेछ।
१०–११ बजे नर सेवा नारायण सेवा अन्तर्गत अस्पताल कुरुवाका लागि भोजन सेवा (कोशी अञ्चल अस्पताल, हस्पिटल चोक) र ११–१२ बजे विद्यार्थी तथा शिक्षकका लागि आँखा जाँच शिविर (विराटनगर आँखा अस्पतालद्वारा शिक्षा सदन मा.वि, सरोचिया) सञ्चालन हुनेछ।
दिउँसो १२ देखि १ बजे वृद्ध आमाका लागि कोसेली वितरण (अशोक चोक वृद्धाश्रम र महिला जागृति आश्रम, पुष्पलाल चोक) र १–२ बजे वडा प्रहरी कार्यालय, मेनरोडमा औषधि वितरण हुनेछ। २–३ बजे परम विश्रान्ति स्थल, हातखोलामा वृक्षारोपण र ३–४ बजे समाजका ८० वर्षभन्दा माथिका वयोवृद्धको दर्शन एवं आशीर्वाद ग्रहण गर्ने कार्यक्रम हुनेछ।
४–५ बजे इण्टर्याक्सन विथ जर्नालिस्ट चिया–कफीसहित (चाय सुट्टा बार, पानीटंकी) र ५–६ बजे मानव सेवा आश्रम (वन कार्यालय छेउ) मा भोजन सेवा हुनेछ। अन्तिममा बेलुकी ६–७ बजे सिंहिया हनुमान मन्दिरमा सामूहिक हनुमान चालीसा पाठ एवं आरती हुनेछ।
कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथि उपस्थित हुने मञ्चले जनाएको छ। मारवाडी युवा मञ्च विराटनगरको स्थापना सन् १९९२ (वि.सं. २०४९) मा भएको हो।