सुनसरी - सुनसरीको दुहबी नगरपालिका–४ मा दुई जना कामदार मृत भेटिएका छन ।

दुहबी ४ शिब मन्दिर चौक स्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको सेफ्‌टी टेंकीमा स्थानीय ५० बर्षीय श्याम बहादुर तामाङ र बर्ष ३२ को रमेश राई मृत भेटिएको प्रहरीले जनाएको छ ।

तामाङ ठेकेदार हुन भने राई कामदार रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरिक्षक योगराज खतिवडाले जानकारी दिए ।

उनीहरुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी परिचालन गरि घटनाको अनुसन्धान सुरू गरिएको खतिवडाले बताए ।

थप अनुसन्धानको लागि धरानबाट फोरेन्सिक चिकित्सकको टोली झिकाइएको खतिवडाले बताए ।