विराटनगर । कोसी प्रदेशका चार सचिवको सरुवा भएको छ। सङ्घीय मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सहसचिव सरुवा गरिएको सूचना सामान्य प्रशासन मन्त्रालयले बुधवार सार्वजनिक गरेको हो। सङ्घीय सरकारले सार्वजनिक गरेको सहसचिवहरूको सरुवामा कोसी प्रदेशका विभिन्न मन्त्रालयहरूमा कार्यरत चार जना सचिवको सरुवा भएको हो ।
बुधवार साँझ सार्वजनिक भएको सरुवामा उद्योग कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा. शरणकुमार पाण्डेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तरगत सरुवा भएको छ। कोसी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव राधिका थपलियाको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतमा सरुवा भएको छ। त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिवको वन तथा वातावरण मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव अशोक कुमार साहको पनि सरुवा भएको छ। उनी सहरी विकास मन्त्रालय अन्तरगत गएका छन् ।
स्वाथ्य मन्त्रालय अन्तरगत यदुचन्द्र यदुचन्द्र घिमिरे र भौतिक पूर्वाधार विकास मन्त्रालयमा मिलन आचार्य सरुवा भएर आएका छन् ।