सुनसरी । इटहरी उप महानगरपालिकाबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–११ का ३० वर्षीय मो. अवजल मिँयाको घरमा छापा ठुलो परिमाणमा लागुऔषध बरामद गरेको हो । प्रहरीले उनको घरबाट ट्रामाडोल १ हजार २६० थान क्याप्सुल र डिकोलिक ५१० थान क्याप्सुल बरामद गरेको हो ।
घटनास्थलबाट मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखियालाई नियन्त्रणमा लिएको इटहरी प्रहरीले जनाएको छ ।
सोही क्रममा घरको कम्पाउण्डमा पार्क गरिएको प्रदेश नं. १–०४–००१ प ४५९१ र को २९ प ७८०९ नम्बरका दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घरधनी मो. अवजल मिया भने घटनापछि फरार छन् ।