विराटनगर । विराटनगरमा रहेको सत्कार होटल एण्ड टुरिजम स्कुलले कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण प्रशिक्षण गरेको छ । कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेका थिए । सुन्दरहरैचामा रहेको नेपालीरिका होटलमा एक कार्यक्रमको आयोजना गरी स्कुलले  विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो ।rajeshh
स्कुलका निर्देशक राजेश गुरुङले  विद्यार्थीहरुलाइ सिकाइसँगै रोजगारीसँग जोडेर लगिने भएकोले  होटल म्यानेजमेन्ट तथा टुरिजमको विषय निक्कै प्रभावकारी रहेको बताए । होटल म्यानेजमेन्टको पढाई एक्पोजरसँग जोडिएकोले विद्यार्थीहरू अनुशासित हुनु पर्नेमा जोड दिए । विगत २२ वर्षदेखि होटल म्यानेजमेन्ट तथा टुरिजमको क्षेत्रमा काम गर्दै आएका विज्ञहरूबाट प्रशिक्षण हुने भएकोले सत्कार होटल एण्ड टुरिजम स्कुलले विद्यार्थी उत्पादनमा मात्रै गर्ने नभई सीपयुक्त जनशक्ति सँगै रोजगारीमा जोडेर लैजाने गरिएको बताए । नेपालमा नाम चलेका तारे होटलहरुमा विद्यार्थीहरूको प्राक्टिकल अभ्यासहरू हुने गरेको समेत उनले जानकारी दिए ।  दुई वर्षको अवधिमा विद्यार्थीहरूले विराटनगर, इटहरी, धरान, चितवन, बन्दीपुर, पोखरा लगायतका स्टार होटलहरुमा इन्टर्नसिपको लागि पठाउने गरेको  गुरुङले बताए । rajesh
कार्यक्रममा व्याब्सन उपाध्यक्ष विष्णु डङ्गोलले आय मूलक शिक्षा अँगाल्ने र आय आर्जन सहित रोजगारीसँग जोड्ने शिक्षा भनेको होटल म्यानेजमेन्ट तथा टुरिजम भएको हुँदा यो विषय पढेकाहरू अहिले  कोही पनि  बेरोजगार बस्नु पर्ने अवस्था नभएको सुनाए ।
कार्यक्रमका कोर्डिनेटर गौरव चौधरीले ज्ञान अनुभव र सिकाइको आधार फिल्ड एक्पोजर हुने भएकोले यसलाई व्यवहारिक सीपसँग जोडिने बताए ।
517533101_1524500318932538_407516399563401172_n
क्याम्पसका प्राध्यापकहरू कृष्णप्रसाद गौतम,  टुरिजम विषयका प्राध्यापक राजन निरौलाले पाँचौँ ब्याचसम्म आउँदा ५०० बढी विद्यार्थीहरू होटल तथा पर्यटन क्षेत्रमा क्रियाशील रहेको जानकारी दिए ।  हरेक वर्ष नयाँ विद्यार्थीहरू आउने र आकर्षण बढ्दै जाँदा विद्यार्थी लक्षित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम सहित कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूको स्वागत गरेका थिए । 
rajeshhh