सुनसरी — सामाजिक सञ्जाल बन्दविरुद्ध इटहरीमा पनि किशोर किशोरीले प्रदर्शन गरेका छन् ।

कलेज छुट्टी हुने बित्तिकै बिहान ११ बजे इटहरी उपमहानगरपालिकाको कार्यलय अगाडि भेला भएका विभिन्न कलेज तथा विद्यालयका छात्रछात्राहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

इटहरीसहित दुहबी, झुम्का, इनरुवा, सुन्दरहरैचा लगायतका ठाउँबाट भेला भएका किशोर किशोरीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

विभिन्न प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले ‘भ्रष्ट नेता मुर्दावाद, वी वान जस्टीस’ भन्दै नगर परिक्रमा गरिरहेका छन् । उनीहरुको प्रदर्शनमा विभिन्न क्षेत्रका अगुवाहरुले पनि साथ दिएका छन् ।