इटहरी । भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै इटहरीमा बिहान ११ बजेदेखि प्रदर्शनमा उत्रिएका जेन–जी र प्रहरी बीच दिउँसो झडप भएको छ ।

इटहरी उपमहानगर कार्यालय अगाडि भएको प्रदर्शन उग्र बन्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको थियो । झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ केही घाइते भएका छन् ।


अश्रुग्यास प्रहारपछि केहीबेर प्रदर्शनकारी तितरबितर भए पनि फेरि प्रदर्शन भइरहेको छ ।